२२ माघ, काठमाडाैं । सुनसरीको धरानबाट आईतबार राती लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट तीनकुनेको टोलीले धरान-८ बस्ने २१ वर्षीय टन्टे सिलवाललाई पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार उनकाे साथबाट २ सय ८८ थान लागूऔषध स्पास्मोप्रोक्सिवन क्याप्सुल बरामद भएको छ ।
गस्तीमा रहेको प्रहरीले राति साढे ८ बजे तीनकुने चौकमा सिलवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको जनाइएकाे छ । सिलवाललाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4