+

मुम्बईको बलिङ ‘मेन्टर’मा मालिंगा नियुक्त

२०७४ माघ  २५ गते १०:०३ २०७४ माघ २५ गते १०:०३
मुम्बईको बलिङ ‘मेन्टर’मा मालिंगा नियुक्त


२५ माघ, काठमाडौं । श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा मुम्बई इण्डियनको बलिङ ‘मेन्टर’ बनेका छन् ।

आईपीएल २०१८ को अक्सनमा उनीमाथि कुनै पनि टिमले बोली लगाएको थिएन ।

तर, लामो समयदेखि मुम्बईमा आवद्ध उनले नयाँ जिम्मेवारी पाएका छन् । यो कुनै पनि टिमका लागि उनको ‘मेन्टर’ का रुपमा पहिलो जिम्मेवारी हुनेछ ।

फेरि मुम्बईमै आवद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै मालिंगाले मेन्टरका रुपमा नयाँ अध्याय सुरु गर्न तयार रहेको बताएका छन् ।

३४ वर्षीय मालिंगाले आफ्नो देश श्रीलंकाका लागि ३० टेष्ट, २०४ एकदिवसीय र ६८ टी–२० खेले । साथै मुम्बईका लागि आईपीएल र च्याम्पियन्स लिग टी–२० मा गरी १२७ खेल खेलेका छन् भने १७९ विकेट दिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय