Comments Add Comment

सेयर कारोबार रकम खुम्चिदै, बोनस सेयरले ओममा अाकर्षण

९ फागुन, काठमाडौं । नेप्से परिसूचकमा ओरालो लाग्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार परिसूचक ९.६४ अंकले घटेर एक हजार तीन सय ८७ बिन्दुमा सिमित भयो ।

घट्दो क्रममा देखिएको नेप्से परिसूचकमा राजनीतिक प्रभाव अल्पकालिन रुपमा देखिएपनि त्यसयता बजार बढ्न सकेको छैन । बढ्दो व्याजदर, पुँजी अभाव र लाभांश प्राप्त गर्ने अवधि सकिएकोले पनि बजारले सकारात्मक दिशा लिन सेकेको छैन ।

यद्यपी बजार धेरै नघट्नेमा लगानीकर्ता, ब्रोकर लगायतका सरोकारवालाहरु आशावादी देखिएका छन । बजार घट्दो क्रममा देखिएपनि केही दिनसम्म बढेको कारोबारमा पुनः शिथिलता आएको छ । दैनिक कारोबार रकम ६० करोडमाथि पुगिसेकेकोमा यो रकममा ह्रास भइरहेको छ । २८ करोड रुपैयाँमा सेयर कारोबार सिमित भएको छ ।

ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर प्राप्त गर्ने अवधि कायमै रहेपछि लगानीकर्ताहरु झुम्मिएका छन् । बैंकको सबैभन्दा धेरै तीन करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फागुन २५ गते ११ औं बार्षिक साधारण सभा गर्न लागेको बैंकले फागुन १४ गतेबाट बुक क्लोज मिति सार्वजनिक गरेको छ । फागुन १३ गतेसम्म सेयर किन्नेले बोनस सेयर प्राप्त गर्नेछन् ।

बजार घट्दो क्रममा रहेपछि सबै समूहगत परिसूचक ओरालो लागेका छन् । प्रतिशतका आधारमा सबैभन्दा धेरै गुमाउनेमा जलविद्युत् समूह छ । मूल्य बढ्ने कम्पनीहरुको अधिकत्तम तीन प्रतिशतसम्म वृद्धि भएको छ । त्यस्तै घट्ने कम्पनीहरुको अधिकत्तम पाँच प्रतिशतसम्म मूलय घटेको छ ।

अधिकांश कम्पनीको मूल्यमा एकदेखि दुई प्रतिशतको परिर्वतन देखिन्छ । यसले बजारमा मोलमोलाई तीव्र रहेको, घटेर बेच्ने र बढेर किन्न चहाने दुवै उस्तै दरमा भएको स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment