+
+

अनलाइनखबरकर्मी रौनियारले जिते फोटो कथा प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १८:०३


१६ फागुन, काठमाडौं । अनलाइनखबरकर्मी विक्रम रौनियार उद्यमशीलतासम्बन्धी तस्वीर प्रतियोगिता ‘उद्यमीको कथा : एक तस्वीर प्रतियोगिता’को विजेता बनेका छन् ।

समृद्धि फाउण्डेसनले सञ्चालन गरेको उक्त प्रतियोगितामा रौनियारले खिचेको साना तथा लघु उद्यमीको तस्वीर उत्कृष्ट हुँदै ५० हजार रुपैयाँ पुरस्कार जितेको हो ।

गत जनवरीको ५ देखि २० तारेखसम्म गरिएको तस्वीर प्रदर्शनीपछि उत्कृष्ट फोटो चयन गरिएको हो ।

प्रतियोगितामा आभास कर्माचार्यले खिचेको तस्वीरले ३० हजार र सागर पौडेलले खिचेको तस्वीरले २० हजार रुपैयाँ पुरस्कार पाएको छ । अमित वनमालाले विशेष पुरस्कारस्वरुप स्मार्टफोन पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?