+
+

चट्याङ लागेर सिन्धुपाल्चोकमा अामाछोरीको मृत्यु

रासस रासस
२०७४ फागुन २९ गते १३:५१

२९ फागुन, चौतारा ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?