१८ चैत, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ अवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको छ । साथै संवैधानिक परिषद्को सिफारिस पनि मगाएको छ ।
सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्रचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।
अवकास पाइसकेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीले गराएको सपथ अवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4