+
+

दिल्लीबाट काठमाडौं आउने बसमा चोरीका १३० वटा मोबाइल !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १२:३४

२८ चैत, काठमाडौं । दिल्लीबाट काठमाडौं आउने बसमा अवैध रुपमा सामान ल्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २७ गते दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा लुकाएर ल्याएको विभिन्न कम्पनीका मोवाइलसहित प्रहरीले बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेललाई पक्राउ गरेको हो ।

उनीहरुले १३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर सामान लुकाएका थिए । उनीहरुले भन्सार छल्नका लागि यसरी सामान लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसरी लुकाएर ल्याएको सामान लिन आउने संखुवासभा घर भइ स्वयम्भू बस्ने तिलक श्रेष्ठ र सुमित्रा श्रेष्ठमाथि पनि अनुसन्धान सुरु गरेको जनाएको छ ।

दिल्लीबाट काठमाडौं आएको उक्त बसमा सामसुङका ३९, एमआईका ३१, भिभोका १३, ओप्पोका ११, वान प्लसका ४, हुवावेको १, अनरका २, लेटटिभीका २, टेक्नो कम्पनीको १, लेनोभोका ४, कलर्सको १, नोकियाका २, लियागोको १, एलजीको १ र कुल कम्पनीको एउटा मोवाइल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?