
३१ वैशाख, काठमाडौं । चीनका ७० वर्षीय जिया बोयूले सोमबार विहान दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका छन् ।
उनी दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकारी गणेशबहादुर कटुवालले जानकारी दिए । तर नेपालबाटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने उनी पहिलो ब्यक्ति हुन् ।
सगरमाथा आरोहणकै क्रममा सन् १९७५ मा जियाको दुईवटै खुट्टा हिउँले खाएपछि कृत्रिम खुट्टा राखेका हुन् । कृत्रिम खुट्टा राखे पनि उनले सगरमाथा आरोहणको चारपटक प्रयास गरे । उनले सन् २०१५ मा सगरमाथा आरोहणका लागि बेसक्याम्पमा पुगिसकेका थिए । तर भूकम्पका कारण फर्किनुपरेको थियो ।
गत वर्ष उनी ८ हजार मिटर उचाइमा पुगेर फर्किएका थिए । यसवर्षदेखि नेपाल सरकारले खुट्टा गुमाएकाहरुलाई सगरमाथा चढ्न प्रतिबन्ध लगाएको थियो । तर सर्वोच्च अदालतले त्यस्ता व्यक्तिलाई सगरमाथा आरोहण गर्नबाट नरोक्न अन्तरिम आदेश दिएपछि जियाजस्ता कृत्रिम खुट्टाको सहायताले आरोहण गर्नेहरुका लागि बाटो खुलेको हो ।
प्रतिक्रिया 4