+
+

बलिउडमा नारीप्रधान फिल्मको बहार

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते ११:१२

आम बलिउड फिल्महरुमा हिरो नै सर्वेसर्वा हुन्छन् । हिरोइनहरुलाई केवल शोपिसकोरुपमा प्रयोग गरिएको हुन्छ । रुख वरिपरी घुम्दै नाच्नु र रोनाधोना गर्नुमा नै उनीहरु सिमित हुन्छन् । तर, पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने बलिउडमा नारी प्रधान फिल्मको बहार आइरहेको छ । नायिका हावी भएको फिल्महरुलाई दर्शकले पनि रुचाउन थालेका छन् । आलिया भट्टको ‘राजी’ यसको ताजा उदाहरण हो ।

पछिल्लो कालखण्डमा यस्तो फिल्मको सुरुवात विद्या बालनबाट भएको मान्न सकिन्छ । उनका परिणिता र कहानी जस्ता फिल्म नारीप्रधान थिए जसले व्यवसायीक रुपमा पनि सफलता हासिल गरे । बिहेपछि विद्या ओइलाइन् । र उनको स्थान अहिले आलियाले लिन थालेकी छिन् । उनी दिपिका पादुकोण र प्रियंका चोपडा जस्ता नायिकालाई उछिनेर अगाडि बढ्न थालेको चर्चा भारतीय मिडियाहरुले गरिरहेका छन् । जस्तो कि अहिले प्रदर्शनरत राजीको सफलताको सम्पूर्ण श्रेय आलियालाई दिइएको छ ।

बक्स अफिसको हिसाबमा सन् २०१८ बलिउडका फिमेल स्टारको लागि खुबै फापिरहेको छ । अहिलेसम्म नारीप्रधान चार फिल्महरु प्रदर्शन भइसकेका छन् । जसमा दिपिका पादुकोणको पद्मावत, अनुष्का शर्माको परी, विद्या वालनको तुम्हारी सुलु र रानी मुखर्जीको हिच्की रहेका छन् । लागतको तुलनामा यी सबै फिल्मको कलेक्सन शानदार थियो । जसमध्ये पद्मावतलाई सबैभन्दा ठूलो हिट मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?