१८ जेठ, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
बिहिवार सडक अनुगमन गर्दै बुटवल पुगेको टोलीले नेपाल सरकारको रणनैतिक सडक सालझण्डी–सन्धिखर्क–ढोरपाटन अन्तरगत पर्ने पटौटी–खज्र्याङ्ग–तम्घास सडकको काम निर्माण कार्य शुरु भएको चार वर्षसम्म कामले गति नलिएपछि टोलीले मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सडकको अवस्थाबारे जानकारी गराएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले ठूलो आयोजना भएकाले केन्द्रले नै बजेटको व्यावस्था गर्ने र सम्बोधन नभएमा प्रदेश सरकारले व्यवस्था गर्ने बताए । ‘यो सडक सबैको गौरव र महत्त्वको विषय हो,’ उनले भने, ‘केन्द्र र प्रदेशको समन्वयमा सम्पन्न गर्नुपर्छ ।’
२०७० सालबाट शुरु भएको सडक आयोजना समयमै सम्पन्न भए गुल्मीसहित अर्घाखाँची, पाल्पा र प्युठानको आर्थिक विकास हुनेछ ।
प्रतिक्रिया 4