+
+

सार्क उद्योग वाणिज्य संघको विधान संशोधन समिति सभापतिमा चण्डिराज ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३१ गते १८:४४


२१ असार, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्यसमिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ । उनी हाल सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष पनि छन् ।

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो ।

विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् ।

त्यसैगरी सार्क उवासंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत -अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?