+
+

सप्तरीमा पानीको बोतलभित्र किरा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १३:५६

१० साउन, सप्तरी । सप्तरीमा एक पसलमा पानीको बोतलभित्र मरेको किरा भेटिएको छ ।

शम्भुनाथ नगरपालिका-५ मोहनपुरको वीरेन्द्र एण्ड सन्स फुड एण्ड वेभरेज इन्डस्ट्रिजले उत्पादन गरेको हेल्दी अकुवा पिउने पानीको बोतलभित्र किरा भेटिएको हेा ।

राजविराजस्थित सिनेमा हलको अगाडि रहेको नरेश पान पसलमा एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र किरा भेटिएको थियो ।

उक्त पसलका प्रोप्राइटर नरेशले आफूलाई यसबारेमा केही थाहा नभएको बताएका छन् । आफूले कार्टुन नै खरिद गरेको र भित्र केरा भएको कुरा थाहा नभएको उनको भनाइ छ ।

यता, उक्त पानी उद्योगका प्रमुख त्रिभुवन चौधरीले मिस्टेकले त्यस्तो भएको हुन सक्ने बताउँदै अब सुधार गर्ने प्रतिकृया दिएका छन् ।

सप्तरीमा आधा दर्जनभन्दा बढी पिउने पानीको उद्योग छ । तर, बारम्बार कुनै न कुनै समस्या पिउने पानीमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?