११ भदौ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-६ चुम्चेतमा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय पासाङ डुन्डुपले छुरा प्रहार गर्दा लोप्साङ लामा घाइते भएको प्रहरीले जनाएको छ ।
नाताले दाजुभाइ पर्ने डुन्डुप र लामा राति सँगै सुतेका थिए । राति डुन्डुपले एक्कासी लामामाथि छुरी प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
छुरी प्रहारबाट लामाको ढाडमा दुर्इवटा प्वाल परेको र अवस्था गम्भीर रहेको एसपी बस्नेतले जानकारी दिए । घाइतेलार्इ उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।
छुरी हानेर फरार रहेका डुन्डुपको स्थानीय र प्रहरी मिलेर खोजी गरिरहेको एसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4