+
+

सवारी ऐनमा ड्राइभरको विरोध, भन्छन् – हामीलाई अपराधीजस्तो ठानियो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १९:११

२८ भदौ, बारा । सवारी तथा यातायात ब्यस्था सम्बन्धी बनेको ऐन २०४९ को संशोधित ऐन २०७४ लाई पुनः संशोधन गर्न बाराका सवारी चालकहरुले माग गरेका छन् । उनीहरुले संशोधित ऐनको कतिपय दफा सवारी चालकहरुको हित विपरीत रहेको भन्दै पुन संशोधन गर्न माग गरेका छन् ।

वर्तमान ऐनको दफा १६१ को १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गरेको भए चालकलाई जन्म कैद हुने ब्यवस्था छ । चालकले ज्यान मार्ने मनसाय नराख्ने भन्दै ऐन संशोधन गर्नुपर्ने चालक संघर्ष समितिको भनाइ छ ।

यस ऐनको कार्यान्वयनपछि कुनै पनि चालकले सवारी साधन चलाउन नसक्ने अवस्थामा पुगेको समितिको भनाइ छ । ‘सवारी साधन दुर्घटनामा पर्ने बित्तिकै जेल जानुपर्ने यो कस्तो कानुन हो ? दुर्घटना भनेको अस्वभाविक रुपमा हुने हो’ एक चालकले भने, ‘सरकारले चालकलाई अभियुक्तकै रुपमा हेर्‍यो ।’

दुर्घटनामा घाइते भएमा अथवा ब्यक्तिको मृत्यु भए दुवै अवस्थामा चालकलाई समान कारबाहीको ब्यवस्था गरिएको भन्दै उक्त नियम संशोधन गर्न चालकहरुले बाराका पमुख जिल्ला अधिकारी गणेश भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ऐनले चालक बिना कसूर पनि अपराधी बन्नुपर्ने अवस्था आएको भन्दै चालकहरुले संघर्ष समिति नै बनाएर यसविरुद्ध सरकारसँग लड्ने बताएका छन् ।

राजमार्गको प्रत्येक एक किलोमिटरमा पार्किङको व्यवस्था हुनुपर्ने, सडकको कालोपत्रे बाहेक बाहिरको स्थानमा गाडी राख्न पाउनुपर्ने, सवारी दुर्घटना पश्चात प्रहरी प्रशासनबाहेक अर्को एक निष्पक्ष छानबिन टोली खटाउनुपर्नेलगायत विभिन्न १३ बुँदे माग चालकहरुले बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?