+
+

एनआईसी एशिया बैंकको नयाँ शाखा खाँडिचौर र पाँचखालमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १८:१३

१० मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको दुर्इ नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा संचालनमा आएको छ ।

बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उद्घाटन गरे ।

यस्तै पाँचखाल ४ समाजकल्याण चोक स्थित शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरे ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?