१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।
जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् । कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।
यो पनि पढ्नुहोस्
वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो
बन्दना गर्छु, ब्ल्याकमेलिङको आरोपबाट उन्मुक्ति पाऊँ: चोलेन्द्रशमशेर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4