+
+

१३ वर्षका किशोरको अनुहारभरि कपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ५ गते ८:४५

विश्वमा कतिपय मानिसहरु निकै दुर्लभ रोगबाट पीडित छन् । भारतका १३ वर्षका ललित पाटिदार यस्तै दुर्लभ वेरउल्फ सिन्ड्रोम रोगबाट पीडित छन् ।

यो दुर्लभ विरामीबाट पीडित मानिसहरुको अनुहारमा ५ सेन्टिमिटर सम्म लामा भुत्ला अनुहारमा पलाउँदछन् ।

मध्य प्रदेशका ललित टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टसाध्य जिवन बाँचिरहेका छन् । कतिपय मानिसले आफुलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको बताउँछन् ।

भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा छ । ललितकी आमा पर्वतबाइका अनुसार परिवारमा १४ जना सदस्य छन् ।


जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ । यो रोगको उपचार छैन ।

पछिल्लो समय उनले विद्यालयमा राम्रोसँग पढ्ने गरेका छन् । पढाई र खेलकुदमा पनि उनले राम्रो गरिरहेका छन् । सुरुवाती दिनमा उनीसँग साथीहरु नजिक आउने डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?