+
+

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा

रासस रासस
२०७५ फागुन १६ गते ९:५१

१६ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने भएको छ ।

बिहीबार काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रमपश्चात उनको पार्थिव शरीरलाई शुक्रबार गृह जिल्ला ल्याइने नेपाल कम्युनिस्ट पार्टीको गण्डकी कमिटीले जनाएको छ ।

मन्त्री अधिकारीको शवलाई पोखरा ल्याएलगत्तै नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि नयाँबजार–महेन्द्रपुल–रानीपौवा–हस्पिटलचोक हुँदै रामघाटमा राजकीय सम्मान साथ अन्त्येष्टि गरिने नेकपा गण्डकीले जनाएको छ ।

नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्नेछ भने ३ दिन सबै पार्टी कार्यालयको झन्डा आधा झुकाउने नेकपाका एक कार्यकर्ताले बताए ।

मुख्यमन्त्रीद्वारा शोक व्यक्त

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक वक्तव्य जारी गरेका छन् । उनले शोक वक्तव्य जारी गर्दै विकासप्रेमी नेता गुमाएको बताएका छन् ।

मुख्यमन्त्रीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको छ ।’

मन्त्री अधिकारीसहित बुधबार ताप्लेजुङ फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी यति एयरलाइन्सका प्रवन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

मुख्यमन्त्री गुरुङले वक्तव्यमा अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलता पूर्वक सम्पादन गर्दै लगेको उल्लेख गरेका छन् । ‘उहाँले असल जनप्रतिनिधि, संसदको विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको राजकीय भूमिकामा समेत आफूलाई अव्वल सावित गर्दै आउनु भएको थियो,’ वक्तव्यमा भनिएको छ ।

यो पनि पढ्नुहोस् 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइँदै 

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,विहीबार सार्वजनिक विदा

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?