+
+

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइँदै, टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते ९:१३
Photo Credit : ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलबाट काठमाडौं ल्याउने तयारी गर्दै नेपाली सेना । तस्वीर: रासस

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ ।

घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाडौं ल्याउन कठिनाई भइरहेको छ ।

मौसम अनुकुल भएलगत्तै शवहरु काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । उनले भने, ‘बाक्लो कुहिरो लागेको छ, हामी रेडी भएर बसेका छौं, मौसम अनुकुल हुनासाथ पठाउँछौं ।’

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?