
News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस सर्रियल कलाकार साल्भाडोर डालीको 'भेक्कियो सुल्तानो' शीर्षकको चित्रकला २०२३ मा क्याम्ब्रिजको घर सफा गर्ने क्रममा फेला परेको छ।
- यो चित्रकला जलरङ र फेल्ट टिपले बनेको छ र द अरेबियन नाइट्सको दृश्य चित्रण गर्दछ, जुन डालीले १९६३ मा बनाएका थिए।
- चित्रकलालाई अज्ञात कला व्यापारीले १५० पाउन्डमा खरिद गरेका थिए र आउँदो अक्टोबरमा ३० हजार पाउन्डसम्म लिलामीमा राखिने छ।
महान् चित्रकारहरूको चित्रकला जहिल्यै अमूल्य हुने गर्छ । तर सबै चित्रकला अमूल्य हुन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा हराएका, चोरी भएका चित्रकलाहरू उनीहरूको मृत्युको थुप्रै वर्षपछि चर्चामा आउने गर्छ ।
हालै मात्र स्पेनिस सर्रियल कलाकार साल्भाडोर डालीको एउटा चित्रकला त्यस्तै भएको छ । जुन ‘भेक्कियो सुल्तानो’ शीर्षकको चित्रकला हो । यो कलाकृति २०२३ मा क्याम्ब्रिजको एउटा घर सफा गर्ने क्रममा फेला परेको थियो ।
जलरङ र फेल्ट टिपले बनाइएको यो चित्रमा द अरेबियन नाइट्स (मध्यपूर्वका लोककथाहरूको ५०० टुक्राहरूको श्रृंखला) को एउटा दृश्य चित्रण गरिएको छ । जसलाई इटालियन जोडी ज्युसेप्पे र मारा अल्बारेटोले डालीलाई बनाउन लगाएका थिए । उक्त जोडीले १९६३ मा डालीलाई बाइबलको कथाहरूको चित्रण भएको चित्रकला बनाउन लगाएका थिए । तर त्यसको साटो डालीले मध्यपूर्वका लोककथाहरू बनाउन थाले । त्यसमा पनि डालीले १०० वटा मात्र चित्र पूरा गरेको अनुमान गरिएको छ । त्यसपछि डालीले यो परियोजना बन्द गरेका थिए ।
त्यसरी बनाइएका १०० चित्र मध्ये आधा बिग्रिए वा हराए । बाँकी रहेका ५० वटा अल्बारेटोसँगै रहे । उनको मृत्युपछि छोरी क्रिस्टिनाको भागमा ती चित्रकला हात लाग्यो । क्रिस्टिना डालीकी धर्मपुत्री पनि थिइन् । सम्भवत: त्यहीँ ५० वटामध्येबाट नै अहिलेको यो चित्रकला आएको हुन सिक्ने बताइएको छ ।
किनकि त्यहाँबाट यस चित्रकला अज्ञात कला व्यापारीले १५० पाउन्ड (करिब २५ हजार रुपैयाँ)मा खरिद गरेका थिए । अब उक्त चित्रकला ३० हजार पाउन्ड (करिब ४८ लाख रुपैयाँ)सम्ममा विक्री हुने अपेक्षा गरिएको छ । यसका लागि चित्रकलालाई आउँदो अक्टोबरमा लिलामीमा राखिने छ । जसको व्यवस्थापन चेफिन्स नामक लिलामीगृहले गर्ने छ ।
प्रतिक्रिया 4