+
+

जनसभालाई सम्बोधन गर्न ओली र प्रचण्ड रौतहट जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २५ गते ९:००

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार रौटहटमा आमसभा आयोजना गर्दै छ । गरुडामा हुने आमसभालाई सम्बोधन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड केहीबेरपछि रौतहट प्रस्थान गर्नेछन् ।

उनीहरुले सभामार्फत पार्टी एकता एवम् मधेस मुद्दामा नेकपाको सन्देश प्रवाह गर्ने छन् । आमसभामार्फत् अध्यक्षद्वयले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने नेकपा प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।

संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा नगरेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए । सभामा एक लाख जनता उतार्ने दाबी उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?