Comments Add Comment

‘हेल्लो जिन्दगी’मा श्वेतापछि दीपिका

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’मा नायिका दीपिका प्रसाई अनुवन्धित भएकी छिन् । वैशाखको २४ गते बिबाह बन्धनमा बाँधिन लागेकी दीपिकाले आफू चलचित्रमा अनुवन्धित भएको बताइन् । काठमाण्डौको कुमारी हलमा भेटिएकी दीपिकाले भनिन्–‘हो मैले चलचित्र पनि साइन गरिसकेँ ।’

यो चलचित्रको सम्पूर्ण छायांकन यूकेमा हुनेछ । चलचित्रको निर्माणपक्षले कलाकारको भिसा नआएसम्म औपचारिक जानकारी नदिने सोच बनाएका थियो । चलचित्रमा नायिका स्वेता खड्का यसअगाडि नै फाइनल भैसकेकी थिइन् । चलचित्रमा स्वेता र दीपिकाको साथमा लण्डनमा नै रहँदै आएका कलाकार विक्की जोशीले अभिनय गर्नेछन् ।

चलचित्रले जिन्दगीको कथा भन्नेछ । नायिका दीपिका प्रसाई चलचित्र ‘छक्का पन्जा ३’ पश्चात केही सुस्ताएकी थिइन् । अब, उनलाई यो चलचित्रले चलायमान बनाउने अपेक्षा गरिएको छ । वैशाख २४ गतेको बिहे योजना चलचित्रको कारणले त सर्दैन नी भन्ने प्रश्नमा दीपिकाले भनिन्–‘बरु, चलचित्रको छायांकन सर्छ मेरो बिहे सर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment