
चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ ।
यो गीतमा नायिका मलिका महत्तलाई मुख्य रुपमा फोकस गरिएको छ । दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यो गीत गाइएको देखाइएको छ ।
चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, प्रेक्षा बज्रचार्य, रेअर राई, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सम्राट शाक्यको कथा, पटकथा र निर्देशन छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिजकुमार श्रेष्ठ हुन् ।
चलचित्रमा संजय लामाको छायांकन, बनिष शाहको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4