
२७ चैत, काठमाडौं । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् ।
८३ वर्षका लामाको छातीमा संक्रमण देखिएको र उनको स्थिति स्थिर रहेको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई हिमातल राज्यको धर्मशालाबाट विमानमार्फत दिल्ली लगेर एक अस्पतालमा भर्ना गरिएको हो ।
नोवेल शान्ति पुरस्कार विजेता लामा चर्चित प्रवचक हुन् । तर, पछिल्लो समय उनी अन्तराष्ट्रिय मञ्चहरुमा निकै कम सहभागी हुने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4