+
+

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १७:०९

२० वैशाख, काठमाडाैं । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ ।

सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

कुन क्षेत्रमा कति वृद्धि भयो भन्ने बजेटमा आउनेछ । बजेट जेठ १५ मा आउनेछ ।

बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त ५ वृद्धभत्ता ५ हजार पुर्‍याउने दाबी गरेका छन् ।

अर्थ मन्त्रालयका अधिकारीहरुले भने एक हजारसम्म बढ्न सक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?