
२९ बैशाख, काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशाेसिएसनको अध्यक्षमा गोविन्द ढकाल चयन भएका छन् । ढकाल गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
साधारणसभामार्फत चयन गरिएको कार्यसमितिमा प्रथम उपाध्यक्षद्धयमा प्रद्युमन पोखरेल र रेशमबहादुर थापा निर्वाचित भएका छन् । प्रद्युमन मुक्तिनाथ र थापा गण्डकी विकास बैंकका सीइओ हुन् ।
ज्योती विकास बैंकका सीईओ मनोज ज्ञवाली महासचिब र तिनाउका प्रदीपकुमार श्रेष्ठ सचिव चयन भएक छन् । संघको कोषाध्यक्षमा साङ्ग्रिला विकास बैंकका सुयोग श्रेष्ठ निर्बाचित भए ।
सदस्यहरुमा रेशमप्रसाद जोशी, बिरुराम जैसी, नरेशसिंह बोहोरा, प्रविण बस्नेत र नबिन सुवेदी चयन भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4