+
+

निर्माता संघ र लुम्बिनी इन्स्याेरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’मा संझौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १२:१२

चलचित्र निर्माता संघ र लुम्बिनी जनेरल इन्स्याेरेन्सबीच संझौता भएको छ । ‘चलचित्र प्रोजेक्ट बीमा’ नाम दिइएको यो संझौतामा निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत सीइओ एनपी प्रधानले संझौता गरे ।

निर्माता संघको स्विकृती पश्चात निर्माताहरुले चलचित्रको छायांकन अगाडि यो बीमा गर्न पाउने बताइएको छ । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लागत विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई वुझाउनुपर्ने हुन्छ ।

उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता संघमा वुझाउने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्र छायांकनको क्रममा हुने हानीको विमा कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने सीइओ प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो बीमा गर्नका लागि निर्मातालाई कुनै करकाप भने छैन । कुनै निर्माताले दुर्घटना बिमा मात्र गर्न पनि पाउने तथा प्रोजेक्ट बिमा गर्न चाहेमा दुर्घटना बिमा गर्नु नपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?