+
+

प्रदेश सरकारको मुल्यांकन गर्ने बेला भएको छैन : मुख्यमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १९:३२

८ जेठ, डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको मुल्यांकन गर्ने बेला भइनसकेको बताएका छन् । डोटी बहुमुखी क्याम्पसको ५९ औं वार्षिक उत्सवमा उनले प्रदेशको संरचना नयाँ भएका कारण एक वर्षमै मुल्यांकन गर्ने बेला नभएको बताए ।

उनले भने ‘प्रदेशको संरचना विल्कुलै नयाँ भएका कारण करीव एक बर्षको दौरान संरचना र ऐन कानुनहरु बनाउने कुरामा बढी खर्च भएको छ ।’

उनले रातारात कायापलट हुन्छ भन्ने सोच्दैमा विकास नहुने पनि बताए । ‘विकास कुनै जादुको छडी होइन, जो एकै पटक घुमाउदा स्वर्ग वनोस्, सवै समस्याहरुको हल होस्’ मुख्यमन्त्री भट्टले भने ।

उनले विगतमा प्रक्रियाहरु बिग्रेका कारण धेरै मिलाउनुपर्ने भएकाले विकासले गति लिन नसकेको बताए । प्रदेश सरकार गठन भएपछि गाउँगाउँमा विकास योजनाहरु पुगेको मुख्यमन्त्री भट्टको दावी छ ।

कृषिलाई केन्द्रबिन्दुमा राखिने

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर तयार गर्ने बताए । ‘एउटा गाउँमा रहेको कृषियोग्य जमिनमा पुरै सिञ्चाईको व्यवस्था गरिदिने र अन्य आवश्यक कृषि उपकरणहरु उपलव्ध गराइदिने गरी योजना बनाउँदैछौं’ मुख्यमन्त्री भट्टले भने ‘उत्पादन राम्रो भयो भने संकलन केन्द्र, कोल्डस्टोर, वाटो लगायतका सबै पूर्वाधारहरु सरकारले तयार गरिदिने गरी योजना वनाउँछ ।’

उनले यस बर्ष एक गाउँपालिकाबाट नमुनाको रुपमा यस्तो कार्यक्रम सञ्चालन हुने बताए ।

कार्यक्रममा डोटी बहुमुखी क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखलाई सम्मान गरिएको थियो । पूर्व क्याम्पस प्रमुख तथा संबिधान सभा सदस्य हर्कवहादुर सिंह र पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन बिश्वबिद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन डा. नारद अवस्थीलाई सम्मान गरिएको क्याम्पस प्रमुख कृष्णवहादुर कठायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?