
१४ जेठ, काठमाडौं । इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आफू च्याम्पियन्स लिगको फाइनल खेल्ने बताएका छन् ।
बीबीसीका अनुसार, च्याम्पियन्स लिगको फाइनल खेल्न पूर्णरुपमा आफू तयार भएको केनले बताएका छन् । यही शनिबार राति च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामले लिभरपुलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
केनले भनेका छन्, ‘सहज महसुश गरिरहेको छु । कुनै समस्या छैन । फाइनल खेल्नेछु ।’
केन टोटनह्यामका मुख्य स्ट्राइकर हुन् । टिमका लागि सर्वाधिक गोलकर्ता पनि हुन् । तर उनी गत अप्रिलमा म्यान्चेस्टर सिटीविद्धको खेलमा घाइते भएपछि मैदानबाट बाहिरै बस्दै आएका थिए । केनले यो सिजनमा सबै प्रतियोगितामा गरी आफ्नो टिमका लागि २४ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4