+
+

‘रातो गलबन्दी’मा केकी र कोशिशको प्रेममा उत्तारचढाव

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ५ गते १२:१६

साउनको १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को ट्रेलर रिलिज भएको छ । चलचित्र रिलिजको १२ दिन अगाडि सार्वजनिक गरिएको ट्रेलरमा विशेषगरि, नायक कोशिश क्षेत्री र नायिका केकी अधिकारीको प्रेममा आउने उतारचढावलाई देखाइएको छ ।

अनिष थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरिया र दुर्गा बस्नेतको लगानी छ । चलचित्रमा हिमाल कडरियाको कथा, किरण माइकलको स्क्रिप्ट, किरण माइल र अनिष थापाको संवाद, विनोद खम्बुको संगीत, अष्ट महर्जनको एक्सन, गोविन्द राइको कोरियोग्राफी छ ।

चलचित्रमा बुद्दि तामाङ, केकी अधिकारी, कोशिश क्षेत्री, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?