+
+

लण्डनस्थित भारतीय उच्च आयोगमा कश्मीरी प्रदर्शनकारीहरुद्वारा ढुंगा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १५:३५

काठमाडौं । भारत प्रशासित काश्मीरमा जारी प्रतिबन्धको विरोधमा बेलायतमा बसोबास गरिरहेका कश्मीरीहरूले बुधबार लन्डनमा प्रदर्शन गरेका छन् ।

‘स्वतन्त्रता मार्च’ दिइएको प्रदर्शनको सुरुवाती शान्तिपूर्ण रहेपनि भारतीय उच्च आयोग नजिक पुगेपछि भने प्रदर्शनले उग्र रुप लिएको थियो ।

मिडिया रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले त्यहाँ ढुंगा, अण्डा, टमाटर, जुत्ता र चप्पल फ्याँकेका थिए । प्रदर्शनकारीहरूले स्मग बम र बोतल प्रहार गर्दै भारतीय उच्च आयोग रहेको भवनको झ्याल तोडफोड गर्ने प्रयास गरेका थिए ।

भारतीय उच्च आयोगले ट्वीटरमा एउटा फोटो पोष्ट गरेको छ, जुन फोटोमा झ्यालका शीशाहरु चर्किएका छन् । समाचार एजेन्सी पीएका अनुसार उक्त घट्नामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

लन्डनका मेयर सादिक खानले भारतीय उच्च आयोगको भवनमा भएको तोडफोडको घटनाको आलोचना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?