+
+

‘परदेशी’ले मधेश आन्दोलनका बेला धेरैलाई ऋणी बनाएका थिए

श्रवण देव श्रवण देव
२०७६ भदौ १९ गते १३:३१

१९ भदौ, सर्लाही । सोझासाझा ऋण दिएर पाँच गुणा बढीसम्म असुल्ने र त्यसपछि पनि मुद्दा हालिदिने सर्लाही सदरमुकाम मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’ पक्राउ परेपछि उनका करतुतहरु धमाधम बाहिर आएका छन् ।

२०७२ सालमा भएको छमहिना लामो मधेश आन्दोलनको समयमा आर्थिक अवस्था भताभुङ्ग हुँदा धेरै स्थानीय साहको चक्रवर्ती ब्याजको फन्दामा परेको पाइएको छ । त्यो अवधिमा छाक टार्ने र औषधिउपचार गराउनेदेखि वैदेशिक रोजगारीमा जानेसम्मलाई साहले ऋणमा फसाएका थिए ।

२०७२ असारपछि लगातार छ महिना तराई–मधेशमा आन्दोलन भएको थियो । त्यो अवधिमा उद्योग–कलकारखाना र बैंक तथा वित्तिय संस्थादेखि दैनिक कामकाजसम्म ठप्प भएको थियो । साहका अधिकांश ऋणीलाई ऋण लिएको साल र महिना थाह छ, गते थाहा छैन । कतिलाई साहलाई माघमा ऋण दिएर छमहिना अगाडिको मिति राखेर तमसुक बनाएको पाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य कमल बुढाथोकी बताउँछन् ।

साहको ऋणीमा नेकपाका ईश्वरपुर नगर इन्जार्च योगनारायण धामी पनि छन् । ‘मधेश आन्दोलनको बेला बुवा सिकिस्त बिरामी पर्नुभयो’, उनी भन्छन्, ‘बैंकहरुले कारोबार बन्द गरेको त्यो समयमा साहुकार साहबाट ऋण लिन बाध्य भएँ ।’

त्यस्तै, लालबन्दीकी गीता चौधरी आन्दोलनको समयमा परिवार चलाउने केही काम गर्न नसकेपछि मलंगवा गएर साहु श्यामकृष्ण साहलाई गुहारेको बताउँछिन् । ‘पेट पाल्न समस्या भएको बेला रकम दिने व्यक्तिले भनेको कुरा नमान्न सकिदैन रहेछ’ चौधरी भन्छिन्, “त्यहीं भएर जुन कागजमा औंठा छाप लगाउन भनेपनि लगाएर ऋण लिइयो ।”

स्मरणीय के छ भने मधेश आन्दोलन हाँकेको तत्कालिन मधेशी मोर्चाले आन्दोलन अवधीको ऋणको व्याज, घरभाडा, राजस्व केहि तिर्न नपर्ने शन्देश फैलाएको थियो । मोर्चाका दुई दल समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) अहिले प्रदेश २ मा सरकार छ । पीडितहरुको उजुरीमा सुदखोर साहलाई प्रहरीले पक्राउ परेपछि पनि यी दुई दलको धारणा सार्बजनिक भएको छैन । साहविरुद्ध ठगी मुद्दामा अनुसन्धानका क्रममा न्यायिक हिरासतमा छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?