+
+

मिटरब्याजी परदेशीमाथि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १४:५६

१६ भदौ, काठमाडौं । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह ‘परदेशी’माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्ने भएको छ । परदेशीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको थियो ।

आइतबार नै विभागले प्रहरीलाई पत्र लेख्दै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न लागेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अनुसन्धान गर्न आग्रह गरिएको जानकारी दिएको छ ।

विभागमा महानिर्देशक रुपनारायण भट्टराईका अनुसार ‘परदेशी’माथि प्रहरीले ठगीको अनुसन्धान गरेर मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुनेछ ।

‘अवैध रुपमा आर्जन भएका सबै सम्पत्ति जफत गर्ने गरी अनुसन्धान अघि बढाउँछौं,’ उनले भने,‘परदेशीका सबै सम्पत्ति रोक्का राखेर छानविन अघि बढ्छ ।’

पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए ।

सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

काठमाडौं आएका अधिकांशलाई शाहले चर्को व्याजमा ऋण प्रवाह गरेका थिए । त्यसरी अवैध रुपमा कामएको सम्पत्तिलाई जफत गर्ने गरी सरकारले अनुसन्धान अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?