
काठमाडौं । भारतमा ई–सिगरेट पूर्ण रुमपा प्रतिवन्ध गरिएको छ । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै भारतका अर्थमन्त्री निर्मला सीतारमणले ई–सिगरेट पूर्ण रुपमा प्रतिबन्धित गरिएको जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री सीतारमणले भनिन्, ‘ई–सिगरेटको उत्पादन, बिक्री, आयात, निर्यात, निक्षेप र वितरणमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।’
ई–सिगरेट पूर्ण रुमपा प्रतिवन्ध गर्नका लागि अध्यादेश ल्याइएको छ । प्रस्तावित अध्यादेशमा उल्लंघन गर्नेलाई बढीमा एक वर्षको सजाय र एक लाख रूपैयाँसम्मको जरिवानाको प्रावधान गरिएको छ । अर्थमन्त्री सीतारमणका अनुसार युवा पुस्ताको स्वास्थ्यलाई ध्यानमा राखेर ई–सिगरेटमा प्रतिवन्ध लगाउने निर्णय भएको हो ।
अमेरिकामा गरिएको अध्ययनले देखाएको तथ्याङ्क उल्लेख गर्दै अर्थमन्त्री सीतारमणले कक्षा १० र १२ मा अध्ययन गर्ने ७७.८ प्रतिशत स्कुले विद्यार्थी र ४८.५ प्रतिशत माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रयोग गरेको पाइएको बताइन् ।
अमेरिकामा सात जनाको मृत्यु
अमेरिकामा ई–सिगरेटको प्रत्यक्ष असरबाट सात जनाको मृत्यु भएको उनले बताइन् । यद्यपि वैज्ञानिकहरुको अध्ययनले लामो समयसम्म ई–सिगरेटको प्रयोगबाट कति क्षति हुन सक्छ भनेर पुष्टि हुन बाँकी छ ।
निर्मला सीतारमणका अनुसार देशमा धेरै ब्राण्डका ई–सिगरेटहरु छन् । ती सबै विदेशमा उत्पादन हुन्छन् । विदेशबाटै यसको आयत हुन्छ । ई–सिगरेटबाट निस्कने धुवाँमा धेरै मात्रामा निकोटिन पाइन्छ ।
गत फेब्रुअरीमा सेंट्रल ड्रग्स स्टैंडर्ड्स कंट्रोल ऑर्गेनाइजेशनले सबै राज्यमा इएनडीएस (इलेक्ट्रोनिक निकोटिन डिलेभरी सिस्टम)मा प्रतिवन्ध गर्ने परिपत्र गरेको थियो ।
प्रतिक्रिया 4