+
+

संविधानलाई कमजोर बनाउँदै सरकार : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १६:४०

२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको बताएका छन् ।

जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैले विधेयकहरु ल्याएको भन्दै उनले संविधानको पक्षमा जनमत ल्याउन सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताए ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरिरहेको बताए । सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?