+
+

सूर्यविनायकमा मिनी बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १०:०२

२१ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल छन् ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनी बसले विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकलर्लाइ ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए।

घाइते भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?