+
+

लागूऔषधसिहत नागढुंगाबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १७:५२

२५ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रहरीले लागूऔषधसिहत एक जनालाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ४ एम्पुल फेनारगन,  ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख. १९२७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा राईलाई सो परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?