
आधा बर्ष वितिसक्दा नेपाली चलचित्रले ४ वटा मात्र हिट चलचित्र दिन सकेको छ । वैशाखदेखि असोजसम्म आइपुग्दा ४ वटा चलचित्रका निर्माता बक्स अफिसमा सुरक्षित देखिएका छन् । चलचित्र बक्स अफिसमा हिट हुँदा यसको फाइदा कलाकारमा पर्छ । तर, कलाकारले दबाब समेत महशुश गर्छन् ।
वैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ बक्स अफिसमा लगानी उठाउन सफल भयो । यो चलचित्रमा नायिका आँचल शर्माको पनि मुख्य भूमिका थियो । तर, यो चलचित्रपछि आँचलले चलचित्रको छायांकन गरेकी छैनन् । उनले चलचित्र ‘झिंगे दाउ’ साइन त गरेकी छिन् ।
तर, विविध कारणले यो चलचित्रको छायांकन सुरु हुन सकेको छैन । यसकारण, आँचल अहिले चलचित्रको कामबाट भने फुर्सदिलो बनेकी िछन् । उनी म्यूजिक भिडियो र केही विज्ञापनमा व्यस्त छिन् । यसैले, अहिले उनको सामाजिक संजाल प्रेमी उदिप श्रेष्ठसँगको घुमफिरमा रंगिएको छ ।
आँचल जस्तै यो बर्ष नायिका वर्षा राउत अभिनित दुई चलचित्र ‘दाल भात तरकारी र जात्रै जात्रा’ हिट भए । यी दुई चलचित्रपछि वर्षाले नयाँ चलचित्र साइन गरेकी छैनन् । वर्षा आफैमा अब असफल चलचित्र थेग्न नसक्ने भन्दै नयाँ चलचित्र संझौता गर्न डराइरहेकी छन् ।
बरु, उनी पनि आँचल जस्तै म्यूजिक भिडियोमा भने व्यस्त छिन् । वर्षाले चलचित्र साइन नगरेपनि म्यूजिक भिडियोको अफरलाई भने सहर्ष स्विकार गरेकी छिन् । उनी, अहिले सांकृतिक कार्यक्रमका लागि यूरोप हानिएकी छिन् ।
प्रतिक्रिया 4