Comments Add Comment

दराज ११.११ को लाभ कसरी उठाउने ?

२३ कात्तिक, काठमाडौं । दराजले संसारकै सबैभन्दा ठूलो सेल डे ११.११ सेल (एक दिनको सेल) कार्तिक २५ गते अर्थात् नोभेम्बर ११ को मध्यरातमा सुरु गर्दैछ ।

यो एक दिनको सेलमादराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दा बढी विक्रेता सँग मिली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूटहरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ ।

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको (Nabil Bank, Nepal Investment Bank, Sanima Bank, Mega Bank, Standard Chartered, NIC Bank) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०प्रतिशत अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउनेछन् ।

यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ ।

साथै सामसंग, मिडीया, विडियोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, लगायत सामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन् ।

ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३० प्रतिशत देखि लिएर ८० प्रतिशत सम्मको छूटको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि टाइटनका उत्पादनहरुमा २५प्रतिशतको छूट, मन्त्र नाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५ प्रतिशतको छूट, भ्यान्सका उत्पादनहरुमा ५० प्रतिशतसम्मको छूट, आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० प्रतिशतसम्मको छूट र अन्य अरु धेरै ।

यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले पूरा लाभ उठाउन दराज एप पहिले नै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरिका उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ ।

उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरे हुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

यो सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्‍याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ ।

साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन-एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment