Comments Add Comment

बलिउड २०१९ः रिमेकको लर्को

बलिउडमा रिमेक चलचित्रको होडबाजी छ । रिमेक गरिएका चलचित्रहरु केही हदसम्म सफल पनि भएका छन् । त्यसैले होला, अहिले रिमेक चलचित्रको ट्रेण्ड नै छ ।

यस वर्ष रिलिज भएका चलचित्रलाई हेर्ने हो भने पनि रिमेक चलचित्रको वर्चश्व देखिन्छ । यस वर्षको सर्वाधिक सफल चलचित्र ‘कविर सिंह’ रिमेक चलचित्र हो । तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’लाई रिमेक गरी कविर सिंह तयार गरिएको हो । यस चलचित्रले नायक शाहिद कपुरको करिअरलाई धेरै उचाई दिएको छ ।

त्यस्तै यस वर्षको अर्को सफल चलचित्र हो, ‘भारत’ । सलमान खानको मुख्य भूमिका रहेको यस चलचित्र पनि रिमेक चलचित्र हो । साउथ कोरियन चलचित्र ‘ओड टू माई फादर’लाई रिमेक गरी भारत बनाइएको हो । यस चलचित्र निकै सफल भयो ।

अभिताभ बच्चन र तप्सी पन्नुको मुख्य भूमिका रहेको चलचित्र ‘बदला’ पनि रिमेक चलचित्र हो । २०१६ मा रिलिज भएको सस्पेन्स थ्रिलर चलचित्र ‘कन्ट्राटियाम्पो’को रिमेक चलचित्र हो । यस चलचित्रलाई पनि दर्शकले रुचाएका थिए ।

‘प्रस्थानम’ पनि २०१० मा रिलिज भएको तेलुगु चलचित्र प्रस्थानमको हिन्दी रिमेक चलचित्र हो । यस चलचित्रमा संजय दत्तको मुख्यल भूमिका रहेको छ । समिक्षात्मक रुपमा राम्रै मानिएको यस चलचित्र बक्सअफिसमा भने असफल ठहरियो ।

गत शुक्रवार बाट रिलिज भएको चलचित्र ‘उज्दा चामन’ पनि रिमेक चलचित्र हो । सनि सिंहको मुख्य भूमिका रहेको यस चलचित्र ‘ओन्दु मोट्टे कथे’को रिमेक चलचित्र हो । अहिले प्रदर्शनरत यस चलचित्रको व्यापार भने टिठलाग्दो नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment