
१८ पुस, काठमाडौं । प्रहरीले ठमेल क्षेत्रका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई पक्राउ गरेको छ ।
एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार गएराति साढे ९ बजे उनलाई नयाँ बजारबाट पक्राउ गरिएको छ ।
थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4