+
+

नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १८:४३

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा थप ७ जना मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार नेविसंघ तदर्थ समितिमा दुई उपसभापति र ५ महामन्त्री थप गरेका हुन् ।

आइतबार उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् ।

त्यस्तै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना  र स्याङ्जाका युवराज पाण्डे रहेका छन् ।

यसअघि  कांग्रेस सभापति देउवाले माघ १६ गते नेविसंघ सभापतिमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेका थिए । अब नेविसंघ तदर्थ समिति १० सदस्यीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?