+
+

सिद्धार्थले जिते ‘बीग बोस–१३’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १३:४६

‘बीग बोस–१३’को उपाधि सिद्धार्थ शुक्लाले जितेका छन् । उपाधिसँगै सिद्धार्थले ५० लाख पुरस्कार र कार समेत जितेका छन् । यो शो करिब साढे ४ महिनासम्म चलेको थियो । जसको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

अन्तिम ६ बाट सबैभन्दा पहिला बाहिरिएका थिए, पारस छावडा । उनले नगद १० लाख रुपैयाँ लिएर शो छाडेका थिए । अन्तिम २ मा सिद्धार्थ र असिम रियाज पुगेका थिए । असिमलाई भोटिङका आधारमा पछि पार्दै सिद्धार्थले यो शो जितेका हुन् ।

‘बीग बोस सिजन १३’ सर्वाधिक सफल रह्यो । यो शोले उच्च टीआरपी रेटिङ समेत पाएको थियो । यसैले पनि शोको समय केही हप्ताका लागि बढाइएको थियो ।

सिद्धार्थ टेलिभिजन दुनियाँमा चलेको नाम हो । उनले केही सिरियलमा काम गरिसकेका छन् । तर, शोमा दोश्रो स्थान हासिल गरेका असिमले पनि फ्यान राम्रो कमाएका छन् । यो शोको संचालन नायक सलमान खानले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?