+
+

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नेकपामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १० गते २३:३९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए । तर गौतमले पुरानै अडान दोहोर्‍याएका छन् । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र आफूले यो प्रस्ताव मान्ने गौतमको तर्क छ ।

यसअघि पनि उनी शर्त राखेर राष्ट्रियसभा सदस्यको चुनाव लड्न अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?