
६ चैत, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईसिटी) स्थापना गरिएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूर सञ्चार प्राधिकरणको सहकार्यमा आईसिटी ल्याव स्थापना गरिएको हो ।
३५ लाख अनुदानबा६ ल्यावमा २४ थान कम्युटर, प्रोजेक्टर, सोलार सिस्टम जडान गरिएको विद्यालयका प्रधानाध्यापक भोजराज गौतमले बताए ।
ल्याव स्थापना गर्न गाउँपालिकाले पनि २ लाख ५० हजार मूल्य बराबरको फर्निचर उपलब्ध गराएको वडा अध्यक्ष विजय गैरेले जानकारी दिए ।
नयाँ शैक्षिक सत्रबाट ल्याव सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रअ गौतमले बताए । नयाँ शैक्षिक शत्रमा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्युटर शिक्षा दिने उनले बताए ।
‘अहिलेको युग सूचना प्रविधिको युग हो, विद्यालयमा इन्टरनेट सुविधा सहितको कम्युटर ल्याव स्थापना भइसकेको छ,’ उनले भने, ‘अब कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्युटर शिक्षा पनि दिन्छौं ।’
प्रतिक्रिया 4