+
+

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते २२:४५

१७ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले सोमबार दिएको जानकारी अनुसार मुलुकमा यो भाइरसबाट संक्रमित हुनेको संख्या कम्तीमा एक लाख एक हजार सात सय ३९ पुगेको हो ।

यद्यपि, नयाँ संक्रमितको संख्यामा निरन्तर पाँचौं दिनमा समेत कमी आएको छ । सोमबार इटालीमा एक हजार छ सय ४८ नयाँ संक्रमित फेला परेका थिए । तर, मृत्यु हुनेको संख्या भने केही बढेको छ ।

सोमबार आइतबारको तुलनामा मृत्यु हुनेको संख्या आठ सय १२ ले बढेको हो । इटालीमा समग्र मृत्यु हुने मानिसको संख्या ११ हजार पाँच सय ९१ पुगेको छ ।

सिएनएनका अनुसार सोमबार इटालीमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९० जना मानिसहरु निको भएर घर फर्किएका छन् ।

यससँगै इटालीमा निको भएर घर फर्किने मानिसको संख्या पनि १४ हजार छ सय २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?