
२४ वैशाख, काठमाडौं । महँगो मूल्यमा पीपीई बिक्रि गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन वाणिज्य विभागले जिल्ला प्रसाशन कार्यालय काठमाडौंलाई सिफारिस गरेको छ ।
बढी नाफा राखेर स्वास्थ्य सामाग्री बिक्रि गर्ने बालाजुको आँखु इन्टरप्राईजेजबिरुद्धको अनुसन्धान सकिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए ।
‘अनुसन्धानबाट कानुनले तोकेको भन्दा बढी मूल्यमा पीपीई बिक्रि गरेको पाइएकाले कालोबजारी तथा केही सामाजिक अपराध ऐन अन्र्तगत कारबाही गर्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको छ,’निर्देशक मिश्रले भने ।
विभागले वैशाख १९ गते गरेको अनुगमनमा उक्त र्फमले बबरमहलस्थीत आईटी कम्पनीको कार्यालमा भण्डारण गरिएको शंकास्पद ६३ कार्टुन पीपीईसहितको स्वास्थ्य सामाग्री फेला पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4