Comments Add Comment

एकल सन्तानका अभिभावक : बच्चाका लागि बच्चा बनौं  

जन्मान्तर वा जन्मदरबारे एउटा गजबको भनाई छ, ‘थोरै भए पुगिसरी ।’ अर्थात जति थोरै सन्तान हुन्छन्, उत्तिनै पालन–पोषण गर्न सहज हुन्छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरु झेल्नुपर्छ, थोरै सन्तानका हुर्काउँदो त्यस्तो हुँदैन ।

यहि मान्यतालाई शिरोधर गर्दै थुप्रै दम्पतीले एउटा सन्तानमा चित्त बुझाईरहेका छन् । एउटा मात्र सन्तना भए उनलाई आमाबुवाले पर्याप्त स्यहारसुसार गर्न सक्छन् भन्ने सोचाई पाइन्छ । खान, लाउन, पढाउनका लागि कुनै अभाव हुँदैन भन्ने बुझाई पाइन्छ ।

एक हिसावले अहिलेका दम्पतीमा जुन किसिमको सोंच परिवर्तन भएको छ, त्यो अनुकरणिय पनि छ । अहिले छोरा होस् व छोरी, एउटै भए पुगिसरी । विगतमा जस्तो छोराकै लागि धेरै सन्तान जन्माउने झन्झटबाट दम्पतीहरु मुक्त भएका छन् । एउटै छोरीमा चित्त बुझाउने थुप्रै छन् । छोरा र छोरीमा विभेद छैन ।

तर, एक्लो बच्चा हुर्काउन जति सहज ठानेका छन्, त्यती सहज भने छैन । दुई वा सो भन्दा बढी सन्तान हुर्काउन भन्दा एक्लो सन्तान हुर्काउन आमाबुवाको लागि बढी झन्झटिलो र बोझिलो बनेको छ । किन ?

१. आमाबुवाको बढी माया र हेरचाहको कारण एउटा मात्र बच्चा भएपछि उनीहरु पुलपुल्न्छिन् ।

२. हरेक कुरामा आमाबुवाप्रति निर्भर हुन्छन् । खाना ख्वाउन, लुगा लगाइदिन पनि उनीहरुलाई आमाबुवाकै साथ र सहयोग चाहिन्छ ।

३. बढी अपेक्षा गर्ने र माग गर्ने प्रवृत्तिको विकास हुन्छ ।

४. एक्लै हुर्किने भएकाले उनीहरु एकलकाँटे स्वभावक हुन्छन् । मिलिजुली खेल्ने, बाँडीचुँडी खाने प्रवृत्तिको विकास हुन पाउँदैन ।

५. दाजुभाई वा दिदीबहिनी नहुँदा उनीहरुले कुनै कुरामा होडबाजी गर्नुपर्दैन । त्यसैले उनीहरुमा प्रतिस्पर्धाको भावना पनि विकास हुन पाउँदैन ।

नितान्त एक्लो

एकल बच्चाहरु एक्लिएका छन् । उनीहरुसँग खेल्ने साथी छैनन् । आफ्नै दौतरी छैनन् । दाजुभाई, दिदीबहिनी छैनन् । आमाबुबासँग खेल्ने फुर्सद छैन । उनीहरुलाई पनि घर परिवार चलाउनु छ । करियर बनाउनु छ । पैसा कमाउनु छ ।

यस्तो अवस्थामा बच्चालाई कतिपय अभिभवकले ‘डे केयर’ सेन्टरमा छाडिदिने गर्छन् । आफुले खेलाउन, हुर्काउन नभ्याउने भएकाले अरुकै जिम्मामा छाडिदिन्छन् । बच्चाहरु यसरी आमाबुबाको सामिप्यता गुमाइरहेका छन् । उनीहरुले आमाको ममतामयी स्पर्श गुमाएका छन् । बाबासँग धित् मर्नेगरी खेल्ने मौका गुमाइरहेका छन् ।

दाजुभाई–दिदीबहिनी नभएपछि

यदि उनको आफ्नै उमेर हाराहारीको दाजु, दिदी, भाई वा बहिनी हुँदो हो त उनीहरु आफ्नै दाजुभाई, दिदीबहिनीसँग खेल्थे । रमाउथे । झगडा गर्थे । तर, एकल बच्चाहरुको साथी हुँदैनन् । उनीहरु नितान्त एक्लो जीवन विताउन बाध्य हुन्छन् । र, बिस्तारै उनीहरु एक्लै बस्न अभ्यस्त हुन्छन् । एकान्तमा चुपचाप बस्न थाल्छन् । अरु साथीभाई, दौतरीसँग घुलमिल हुन गाह्रो हुन्छ । यसले उनीहरुलाई पर्ने सबैभन्दा ठूलो समस्या भनेको, उनीहरु समाजबाट अलग हुँदै जान्छन् । सामाजिक भावनाको विकास हुनै पाउँदैन ।

यदि आफ्ना भाईवहिनीसँग खेल्दै हुर्किन पाएको भए, उनीहरु मिलेर खेल्थे । यसले मिलिजुली बस्ने बानीको विकास हुन्थ्यो । खानेकुरा बाँडीचुँडी खान्थे । एउटालाई परेको समस्यामा अर्कोले हल खोज्थे । कतिपय काममा उनीहरुबीच घम्साघम्सी पनि पथ्र्यों । यसले उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन्थ्यो ।

असामाजिक बन्ने खतरा

एक भन्दा बढी बालबच्चा हुँदा खानेकुरा मिठो तर थोरै छ भने त्यसमा आफ्नो बढी भाग खोज्नका लागि अनेक कसरत गर्थे । यसरी उनीहरुमा ख्यालख्यालमै सामाजिक व्यवहारको विकास हुन्थ्यो । सामाजिक भावनाको विकास हुन्थ्यो ।

तर, एकल बच्चामा यी सबै कुराहरु विकास हुन पाउँदैन । कतिसम्म भने, उनीहरुलाई अरुले नख्वाएसम्म आफै केही खाँदैनन् । लुगा अरुले लगाइदिनुपर्ने, खेल्नेकुरा अरुलै मिलाइदिनुपर्ने । सबैथोक बाबाममीले गरिदिन्छन् नि भन्ने भावना उनीहरुमा हुन्छ । एक किसिमले उनीहरु परनिर्भर हुन्छन् ।

आवश्यक्ताभन्दा बढी माया ममता पाउँदा पनि उनीहरु आफै सवल एवं सक्षम हुन पाउँदैनन् । आफ्नो काम आफै गर्ने बानीको विकास हुँदैन ।

बच्चा आफै खान सक्दैनन् । साथीहरुसँग घुलमिल हुन रुचाउँदैन् । अरुसँग बोल्न जाँगर देखाउँदैनन् । साथीहरुको हुलमा वा भिडमा हतास हुन्छन् ।

बच्चाका लागि बच्चा बनौं

अर्को चाहि, बच्चा जब एक्लो हुन्छ, जब उनीसँग खेल्ने अरु साथी हुँदैनन् । अभिभावकले आफु बच्चा जस्तै बन्नुपर्छ । बच्चाको साथी बन्नुपर्छ ।

आमाबुवाले पनि बच्चासँग खेल्नुपर्छ । बच्चासँग बोल्नुपर्छ । बच्चाका लागि बच्चा बन्नुपर्छ ।

उनीहरुसँग खेल्ने, जिस्कने, रमाउने गर्नुपर्छ । कुनै खानेकुरा ख्वाउनु छ भने उनीसँग बाँडीचुँडी खाने । उनलाई नयाँ लुगा किनिदिएपछि ‘म पनि तिम्रो लुगा लगाउँछु’ भन्ने । खेल्ने कुरा किनियो भने, त्यो खेल्ने कुरामा आफ्नो पनि भाग खोज्ने । यसरी बच्चासँग अन्तर्क्रियात्मक व्यवहार गरेपछि उनीहरुले साथी पाउँछन् । अभिभावक भन्दा बढी उनीहरुले साथीबाट धेरै कुरा सिक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment