+
+

अब भेटेरिनरी सेवा पनि अत्यावश्यक सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १३:२३

९ जेठ, काठमाडौं । सर्वोेच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सूचीमा राख्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले बिहीबार उक्त आदेश जारी गरेको हो ।

नेपाल भेटेरिनरी एशोसिएसनको तर्फबाट अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भेटेरिनरी सेवालाई पनि आवश्यक सेवाको सूचीमा राख्न सरकारको नाममा अन्तरिम आदेश माग गर्दै गत २८ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । कोरोना भाइरस संक्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी गरेलगत्तै भेटेरिनरी सेवा पनि बन्द हुन पुगेको थियो ।

बन्दाबन्दीकै समयमा भएको सर्वोच्चको आदेशपछि अब पशु उपचार सेवा सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?