
२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले काठमाडौंको त्रिभुवन विमानस्थलमा सामान ओसार पसार गरेर जीविकोपार्जन गर्ने मजदुरलाई राहत वितरण गरेका छन् ।
न्तरिक र बाह्य हवाइ उडान रोकिँदा उनीहरु साढे २ महिनादेखि कामविहीन छन् । काम नपाउँदा रकम अभावमा जीविकोपार्जन गर्नै समस्या भएका ५० भन्दा बढी मजदुर परिवारलाई चामललगायतका राहत सामग्री दिएको सांसद दवाडीले बताए । त्यस्तै आर्थिक समस्यामा बिरामी, खानेकुराको अभाव झेलिरहेका सुत्केरीलगायतलाई पनि नगद र राहत वितरण गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद दवाडीले लकडाउनका कारण कोठा भाडा तिर्न समस्या भएका गोरखा, चितवन, पोखरा आदि ठाउँबाट काठमाडौं आई बसेका विद्यार्थीको कोठाभाडा तिरिदिएको र कतिपयको घरधनीसँग सहजीकरण गरिदिएको पनि बताए ।
लामो समयको लकडाउनका कारण धेरै मानिस समस्यामा परेको भन्दै आफूलाई सम्पर्क गरिरहेको भन्दै उनले सरकारले अप्ठेरोमा परेकालाई राहत दिनुपर्ने र काम गरेर खाने वातावरण बनाइदिनुपर्ने बताए ।
‘धेरै मानिस अप्ठेरोमा परेका रहेछन्, उनीहरुलाई राज्यले हेर्नुपर्छ’ उनले भने ‘कि राहत दिनुपर्छ, कि काम गरेर खाने वातावरण बनाइदिनुपर्छ ।’
प्रतिक्रिया 4